८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध


0
Shares

बैतडी, साउन ९ । गएराति परेको पानीका कारण पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ ।

महाकाली राजमार्गको सतबाँझ– गोकुलेश्वर सडकखण्डको डिलाशैनी ६ को बांगाबगर भन्ने ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

बांगाबगरमा माथिबाट आएको पहिरोका कारण गएराति देखि नै सडक अवरुद्ध हुँदा यातायात पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।

अवरुद्ध सडक खुलाउने प्रयास भईरहे पनि लगातार पानी परिरहेकोले  समस्या भएको बताईएको छ ।

अपरान्हसम्म सडक पुनः सञ्चालनमा आउने प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध हुँदा काठमाडौं, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, दार्चुला, बैतडी सदरमुकामका लागि छुटेका तथा जिल्ला भित्रिन लागेका यात्रु अलपत्र परेका छन् । विसं. २०६० साल असारमा आएको पहिरोको व्यवस्थापन तथा सडक मर्मत राम्रोसँग नहुँदा बर्षाको समयमा प्रत्येक बर्ष उक्त ठाउँमा बेलाबेलामा सडक अवरुद्ध हुने गरेको छ ।