
सोलुखुम्बु । माप्दूधकोशी गाउँपालिकाबाट भरुवा बन्दुकसहित एक युवक पक्राउ परेका छन् ।
सादा पोशाकमा खटिएको प्रहरी टोलीले स्थानीय २७ वर्षीय दिलकुमार राईलाई जङ्गलबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
शिकार खेल्न गएको भन्ने सूचनाको आधारमा वाकु प्रहरी चौकीबाट प्रहरी टोलीले राईलाई पक्राउ गरेको प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।
राईको साथबाट बन्दुकमा प्रयोग हुने सलाई २६ थान, बारुद एक सय ग्राम, फलामको किट १ सय ५० ग्राम लगायतका सामाग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्