१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुदूरपश्चिममा दुई लाख भन्दा बढीलाई कोरोना विरुद्धको खोप


0
Shares

बैतडी । सुदूरपश्चिम प्रदेशमा २ लाख बढीले कोरोना विरुद्धको खोप लगाएका छन् ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले माघदेखि अहिलेसम्म २ लाख २ हजार ८ सय ८ जनालाई खोप दिइएको जनाएको छ ।

अभियानमा प्रदेशमा रहेका ९ जिल्लामध्ये सबैभन्दा बढी कैलालीमा र सबैभन्दा कम डडेल्धुराका व्यक्तिले खोप लगाएका छन् ।

कैलालीमा ६३ हजार ३ सय ९७ जनालाई खोप दिइएको मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिनुभयो । सुदूरपश्चिमसहित देशभर गत माघ १४ गतेदेखि अभियान सुरु गरिएको थियो ।