१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कसैलाई आपत्ति लागे लागोस्, सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट बढ्छ– प्रधानमन्त्री


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षबाट सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गर्नुभएको छ ।

रिपोर्टर्स क्लवको वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले कसैलाई आपत्ति लागे पनि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट बढ्छ । यो सुन्दा मान्छेहरूलाई अर्को छट्पटी सुरू होला । कसैलाई आपत्ति लाग्छ भने लागोस् । कसैलाई निद्रा लाग्दैन भने नलागोस् ।’

प्रधानमन्त्री ओलीले आफ्नो दलले सामाजिक सुरक्षाका विषयमा धेरै कामहरू गरेको दावी गर्दै आएको पहिलो वर्षमै सामजिक सुरक्षा भत्ता बढाएको स्मरण गर्नुभयो ।