१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गाउँपालिका अध्यक्षको निधनमा पाँच दिन बिदा, १० दिन राष्ट्रिय झण्डा झुकाउने


0
Shares

कैलाली । अध्यक्षको निधन भएपछि कैलालीको मोहन्याल गाउँपालिकाले पाँच दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गाउँपालिकाले अध्यक्ष नवलसिंह रावलको निधनमा पाँच दिन सार्वजनिक बिदा दिने निर्णय गरेको वडा नम्बर २ का अध्यक्ष देवीदत्त उपाध्यायले जानकारी दिनुभया्े ।

उपाध्यायका अनुसार मंगलबार बसेको गाउँ कार्यपालिकाको आकस्मिक बैठकले अध्यक्षको निधनप्रति शोक व्यक्त गर्दै चैत १८ गतेदेखि २२ गतेसम्म गाउँपालिकाभरीका सरकारी र गैरसरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले १० दिनसम्म सम्पूर्ण सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउनेसमेत निर्णय गरेको छ ।

अध्यक्ष रावलको उपचारमा लागेको आठ लाख र अन्त्येष्टिमा लाग्ने खर्च समेत गाउँपालिकाले ब्यहोर्ने निर्णय गरेको छ । ७७ वर्षीय रावलको मंगलबार बिहान काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।