
पर्वत । पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा सम्पन्न राष्ट्रिय सभा अध्यक्ष कप गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि पर्वतले जितेको छ ।
जिल्ला भलिवल संघ पर्वतको समूहले बागलुङ भलिबल संघलाई पराजित गर्दै उपाधि जितेको हो । पर्वतले ३–१ को सेटमा बागलुङलाई पराजित गरेको हो । प्रतियोगितामा म्याग्दी भलिबल संघ तेस्रो बनेको छ । तेस्रो स्थानको खेलमा स्याङ्जालाई ३–१ को सेटले पराजित गर्यो ।
जीत सँगै पर्वत भलिबल संघले रु १ लाख ५० हजार, दोस्राे भएको बागलुङले १ लाख र तेस्रो भएको म्याग्दीले ५० हजार रुपैयाँ तथा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
चैत १३ गतेदेखि सुरु भएको प्रतियोगितामा गण्डकी प्रदेशका पाँच जिल्लाको सहभागिता थियो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको जन्मगाउँ राम्जादेउरालीको विकास र प्रवर्द्धनका लागि प्रतियोगिता आयोजना गरिएको प्रचार प्रसार संयोजक रमेश केसीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्