१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विगतका नराम्रा कुरा बिर्सेर अघि बढ्न मुख्यमन्त्री पौडेलको आग्रह


0
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विगतका नराम्रा कुराहरूलाई बिर्सेर अगाडी बढ्न पार्टीका नेताहरूलाई आग्रह गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश सङ्गठन कमिटीको बुधबार बसेको बैठकमा नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता समेत रहनुभएका पौडेलले विगतका सबै नराम्रा कुरालाई विर्सेर अगाडि बढ्न कमिटीका सदस्यहरूलाई आग्रह गर्नुभएको हो । विगतका कुरा कोट्याएर गन्तव्यमा पुग्न नसकिने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘अब सबै विगतलाई राम्रा कुराहरूलाई मात्रै राखौँ । जे जति भए ती सबै कुरालाई बिर्सौं, त्यसरी जाने हो भने सहज ढङ्गमा हामी गन्तव्यमा पुग्न सक्छौं । तिनै विषयलाई फेरि उठाउने हो भने समस्या आउन सक्छ ।’