
काठमाडौं । सरकारले भाेलि ११ जिल्लाका स्थानीयलाई हात्तीपाइले रोगविरूद्ध औषधि खुवाउने भएको छ ।
यो वर्ष झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कैलालीमा हात्तीपाइलेविरूद्ध औषधि खुवाउन लागिएको हो ।
मानिसलाई अशक्त र अपांग बनाउने हात्तीपाइले एक सरूवा रोग हो । दुई वर्ष उमेर नपुगेका बालबालिकाहरू, गर्भवती र सात दिनसम्मका सुत्केरी तथा ओछ्यान परेका सिकिस्त बिरामीहरूले हात्तीपाइलेविरूद्ध औषधि खान नहुने स्वास्थ्य सेवा विभागको भनाइ छ ।
सम्बन्धित जिल्लाका बिभिन्न स्वास्थ्य केन्द्रहरुबाट औषधी बितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस्