१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारी बेवास्ताका कारण उदयपुरगढी ओझेलमा


0
Shares

उदयपुर । सरकारले छनोट गरेको एक सय एक पर्यटकीय गन्तव्य स्थलको रूप रहेको उदयपुरगढी सरकारी बेवस्ताका कारण ओझेलमा परेको छ ।

प्रदेश एकको प्रमुख पर्यटकीय स्थल यो गढीको सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक र धार्मिक सम्पदाहरू जीर्ण बन्दै गएका छन् । लामो समयसम्म प्रशासनिक इकाइ र जिल्ला सदरमुकामको रूपमा रहेको गढीको संरक्षणमा स्थानीय सरकारलेसमेत चासो नदिँदा गढीको सुन्दरता ओझेलमा पर्दै गएको हो ।

गढीको संरक्षणका लागि पर्खालले घेरिएको भए पनि अहिले पर्खाल भत्किएको छ । धार्मिक आस्थाको केन्द्र पँचावती भगवती मन्दिर, गणेश मूर्ति, सयौं वर्ष अगाडिको वरको रुख आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक मानिन्छ ।