१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


४६ वर्षीया महिला बलात्कारको आरोपमा २७ वर्षीय युवक पक्राउ


0
Shares

हुम्ला । जिल्लामा ४६ वर्षीया महिलालाई जबरजस्ती करणी (बलात्कार) गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ताजाकोट गाउँपालिका–३ बस्ने २७ वर्षीय पदम शाही रहेका छन् । उनलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो ।

शाहीले चैत १३ गते दिउँसो स्थानीय खेतमा ती महिलालाई जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।