८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


पहिरो पन्छाएपछि महाकाली राजमार्गमा यातायात सुचारु


0
Shares

विनोद सिंह विष्ट

बैतडी, साउन ९ । गएराति देखि अवरुद्ध महाकाली राजमार्ग बुधबार मध्यान्हबाट सञ्चालनमा आएको छ । महाकाली राजमार्गको सतबाँझ–गोकुलेश्वर सडकखण्डको डिलाशैनी ६ को बाँगाबगर भन्ने ठाउँमा पहिरो खसेर अवरुद्ध भएको सडक पहिरो पन्छाएपछि सञ्चालनमा आएको हो ।  

सडक डिभिजन कार्यालय पाटनको डोजरले पहिरो पन्छाएपछि राजमार्ग पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।

गएराती परेको पानीका कारण महाकाली राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको थियो । पहिरो पन्छाएसँगै रोकिएका सवारी साधनहरु तथा यात्रुहरु आ–आफ्नो गन्तब्यतर्फ लागेका छन् ।  

विसं. २०६० साल असारमा आएको पहिरोको व्यवस्थापन तथा सडक मर्मत राम्रोसँग नहुँदा बर्षातको समयमा प्रत्येक बर्ष उक्त ठाउँमा बेलाबेलामा सडक अवरुद्ध हुने गरेको छ ।