१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रुखको घाँस काट्दा करेन्ट लागेर युवतीको मृत्यु


0
Shares

डडेल्धुरा । जिल्लामा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ ।

अजयमेरु गाउँपालिका–१ समैजी महर गाउँकी २३ वर्षीय युवती धना बोहराको ज्यान गएको होरुखमा घाँस काटदै गर्दा रुखमा छोएको विद्युत्को तारबाट करेन्ट लागेर युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुखमा छोएको तार नेपाल विद्युत् प्राधिकरणले व्यवस्थापन नगर्दा दुर्घटना भएको युवतीका आफन्तको भनाइ छ । बिहिबार दिउँसो पौने १ बजेको घटना घटेको मृतकका दाजु बीरबहादुर बोहराले बताउनुभयो ।

तारको उचित व्यवस्थापनका लागि विद्युत वितरण केन्द्र डडेल्धुरालाई बारम्बार खबर गर्दा समेत कुनै सुनुवाइ नै नभएको भन्दै उनीहरूले आक्रोश पोखेका छन् ।