
एजेन्सी । इथियोपियाका सैनिक अधिकारीहरुले नै सर्वसाधारणको हत्या गरेका तथ्य फेला परेको छ । उत्तरी इथियोपियामा भएको नरसंहारमा सरकारी सैनिकको संलग्नता भएको बीबीसीले दावी गरेको छ ।
बीबीसीले प्राप्त गरेको भिडियो क्लिपमा १५ जनाको हत्यामा सरकारी सैनिक संलग्न रहेको समाचारमा जनाइएको छ । केही सर्वसाधारणलाई जम्मा पारेर गोली हानिएका दृष्यहरु फेला पारेको बीबीसी अफ्रिकाले जनाएको छ ।
सो घटना उत्तरी इथियोपियाको तिग्रे क्षेत्रको मेहबेर डेगो सहर नजिकै भएको हो । गत नोभेम्बरमा सरकारले सशस्त्र समूह तिग्रेविरुद्ध सैन्य कारवाही गर्ने क्रममा झडपहरु सुरु भएका थिए ।
यता प्रधानमन्त्री अबी अहमदले सरकारी सैन्य अड्डाहरुमा विद्रोहीले आक्रमण गरेको आरोप लगाउनुभएको छ । इथियोपियामा जारी द्वन्द्वका कारण हालसम्म २० लाख भन्दा बढीको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्