
एजेन्सी । भारतमा कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको छ । पछिल्लो २४ घण्टामा ८१ हजार ४४१ जनामा संक्रमण पुष्टि भएको छ ।
यो संख्या यो वर्षको सबैभन्दा धेरै हो । हिजो ७१ हजार १८१ जनामा सक्रमण पुष्टि भएको थियो ।
केही दिनयता भारतमा कोरोना संक्रमणको दर निरन्तर बढिरहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हालसम्म भारतमा कोरोना संक्रमितको संख्या १ करोड २३ लाख नाघेको छ । कोरोनाका कारण १ लाख ६३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । सक्रिय संक्रमितको संख्या ६ लाख १५ हजार नाघेकोछ ।
संक्रमण दर उच्च देखिएका केही प्रदेशमा नियन्त्रणका लागि सरकारले चालेको कदम पनि प्रभावकारी नदेखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्