२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सहकारी दिवसमा इलामका दुई पत्रकार सम्मानित


0
Shares

इलाम । स्वर्गीय दलबहादुर बस्नेत स्मृति पत्रकारिता पुरस्कारबाट इलामका दुई पत्रकार सम्मानित भएका छन् ।

जुन तारा सामाजिक विकास केन्द्रले स्थापना गरेको पुरस्कारबाट नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जबेगु र महासंघ एक नम्बर प्रदेशका उपाध्यक्ष्य सोमनाथ सुसेली नगद दश हजार रुपैयाँ पुरस्कारसहित सम्मानित हुनु भएको हो ।

६४ औँ राष्ट्रिय सहकारी दिवशको अवसरमा इलाममा आयोजित कार्यक्रममा उहाँहरूलाई सम्मान गरिएको विकास केन्द्रका लिला थापाले जानकारी दिनुभयो । गत वर्ष कोभिडका कारण वितरण गर्न नसकिएको पुरस्कार समेत यसै वर्ष प्रदान गरिएको हो ।

जबेगु इलामबाट प्रकाशित इलामपोष्ट दैनिकका सम्पादक हुनुहुन्छ भने सुसेली इलामबाट सञ्चालित रेडियो नेपालवाणी एफएमका स्टेसन मेनेजर र इलाम एक्सप्रेस दैनिकका प्रधान सम्पादक हुनुहुन्छ ।