१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


माओवादी केन्द्रले भोलि समर्थन फिर्ता लिँदैछ, जसरी पनि सत्ता गठबन्धनको निर्णय हुनुपर्छ– नेता पौडेल


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धनको विषयमा जसरी पनि निर्णय हुनुपर्ने अडान लिनुभएको छ ।

केन्द्रीय कमिटी बैठकअघि शुक्रबार सानेपामा भएको शीर्ष नेताहरूबीचको छलफलमा पौडेलले आफूले माओवादी केन्द्रले समर्थन फिर्ता लिने जानकारी पाएको बताउँदै सत्ता गठबन्धनको विषयमा जसरी पनि आजकै बैठकमा निर्णय हुनुपर्ने अडान लिनुभएको हो ।

‘माओवादीले भोलि सरकारको समर्थन फिर्ता लिने जानकारी पाएको छु’, पौडेलको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘जुनसुकै हालतमा सरकार गठबन्धनको विषयमा आजकै बैठकमा निर्णय हुनुपर्छ ।’

पौडेलको अडानपछि सभापति देउवाले सोझै असहमति जनाउनुभएको छ । आफूहरूले अन्य दलको गतिविधि हेरेर मात्र कदम चाल्नुपर्ने बताउनुभयो ।

कांग्रेसभित्र पौडेल पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारबाट हटाउने मनस्थितिमा छ भने देउवा अहिले नै ओलीलाई हटाइहाल्ने पक्षमा हुनुहुन्न ।

यो पनि पढ्नुहोस्–
– सत्ता समीकरणको विषयमा देउवा र पौडेलबीच चर्काचर्की, २ बजे बोलाइएको बैठक अझै सुरु भएन
– केन्द्रीय कार्यसमिति बैठकअघि कांग्रेसका नेताबीच दुई विषयमा सहमति