२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नेकपा एमाले खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दै


0
Shares

काठमाडौं । नेकपा एमाले झलनाथ खनाल–माधव नेपाल समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दैछ ।

दिउँसो तीन बजे बस्ने बैठकले देशव्यापी रुपमा संगठन सदृढीकरण तथा कार्यकर्ता प्रशिक्षण अभियान घोषणाको औपचारिक निर्णय गर्ने नेताहरुले बताएका छन् ।

राष्ट्रव्यापी अभियान सञ्चालनका विषयमा विभिन्न प्रस्ताव आएको जानकारी दिँदै त्यसबारे आजको बैठकबाट निर्णय गर्ने नेता योगेश भट्टराईले जानकारी दिनुभयो । खनाल–नेपाल समूहले यसअघि चैत ४ र ५ गते ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको थियो ।

त्यसयता यो समूहले समानान्तर गतिविधि गर्दै आएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भने गुटगत गतिविधि गरेको भन्दै वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष भीम रावल, नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका छन् ।