
चितवन । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्र बानियाँले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको लागि मरिहत्ते गरेको आरोप लगाउनुभएको छ ।
चितवनमा शनिबार भएको एक कार्यक्रममा उहाँले ओलीको सत्ता मोहका कारण मुलुक संकटमा फस्दै गएको जिकिर गर्नुभयो ।
सरकार गरी खानेभन्दा ठगी खानेतर्फ अग्रसर भएको बानियाँको भनाइ छ । सरकारले जनतालाई झुठाे आश्वासन बाँडेको भन्दै उहाँले ओलीको पतन यही महिनाभित्र हुने दाबी गर्नुभयो ।
कम्युनिष्टले मुलुकलाई घात गरेको भन्दै बानियाँले जनअपेक्षा अनुसार काम गर्न नसक्ने सरकारले राजीनामा दिनु पर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्