
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने बताउनुभएको छ ।
कांग्रेस नुवाकोटले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पौडेलले प्रधानमन्त्री पदबाट ओलीले राजीनामा नदिए संसदमा अविश्वासको प्रस्ताव लैजाने बताउनुभयो ।
पौडेलले सरकार बाहिर रहेका, प्रतिगमनको विरुद्ध संघर्ष गरेका र संसद पुनःस्थापनाका लागि आवाज उठाएका दलहरूबीच समझदारी बनेसँगै नयाँ सरकार गठन हुने र त्यसको नेतृत्व कांग्रेसले गर्ने जिकिर गर्नुभयो ।
नेता पौडेलले जनता समाजवादी पार्टीले उठाएका माग सम्बोधन गर्न कांग्रेस प्रतिबद्ध रहेको बताउनुभयो । फरक प्रसङ्गमा उहाँले पार्टीको १४ औं महाधिवेशन तोकिएकै समयमा हुने धारणा राख्नुभयो ।
प्रतिक्रिया दिनुहोस्