
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तर्फ लक्षित गर्दे विषाक्तपुर्ण राजनीति गरेको आरोप लगाउनुभएको छ ।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित १ सय ६५ वटा निर्वाचन क्षेत्रका रणनीतिक महत्वका सडकको शिलान्यास गर्दै ओलीले सरकारले गरेका राम्रा काम नदेखेको भन्दै विषाक्त राजनीति भएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘लक्ष्मी प्रसाद देवकोटाले भनेका छन् नि दर्शन किन्तु कहीँ दिँदैन चर्मचक्षुले कानमा । आँखा छ तर आँखा भएर के गर्ने ? देख्न नखोजेपछि । केही पनि भएको देख्दैन । सिन्को भाँचिएको देख्दैनन केही मान्छेहरु । र अत्यन्तै विषाक्त राजनीति ।’
ओलीले थप्नुभयो, ‘समाजलाई विषाक्त बनाउने अनि भाड्ने प्रयास केही मान्छेहरूले गरिराखेका छन् । यहाँ त फासीवाद, अधिनायकवाद, तानाशाही आइसक्यो, यस्तो केही मान्छेहरू गर्छन्, ती कामको चर्चा गर्दैनन् ।’
प्रतिक्रिया दिनुहोस्