
एजेन्सी । भारतमा पछिल्लो एक महिना देखि कोरोना संक्रमणको दास्रो लहरका कारण संक्रमितको संख्या तीव्र रूपमा बढ्दै गएको छ ।
संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि त्यहाँको सरकारले आगामी दिन निकै चुनौतीपूर्ण हुने बताएको छ । कोभिड टास्क फोर्सका प्रमुखले कोरोनाको अहिलेको अबस्था निकै चिन्ताजनक रहेको भन्दै केही राज्यहरूमा बढ्दो संक्रमणले स्थिति भयावह हुनसक्ने चेतावनी दिएका छन् ।
यता, कोरोना भाइरस अत्याधिक सक्रिय रहेका जिल्लाहरूमा रातको समयमा कफ्र्यूको घोषणा गरिएको छ । ओडिशा राज्यको १० जिल्लामा रातको समयमा कर्फ्यू लगाउने घोषणा गरिएको हो । आगामा अप्रिल ४ तारिखबाट राती १० बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाइनेछ ।
कफ्र्यूको समयमा पसलहरू लगायत सार्वजनिक यातायात पनि बन्द गरिने छ । यसैबीच पछिल्लो २४ घण्टामा भारतमा ८९ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । संक्रमणबाट ७ सय २४ जनाको मृत्यु भएको छ ।
भारतमा हालसम्म संक्रमितको संख्या करिब १ करोड २४ लाखको पुगेको छ भने हालसम्म १ लाख ६४ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्