११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


नाकामा नाम मात्रको चेकजाँच


0
Shares

काठमाडौं । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले १२ चैत्मा अत्यावश्यक कामबाहेक भारतीय बजार रुपैडिया जान प्रतिबन्ध लगाएको थियो । तर, त्यसकाृ कार्यन्वयन हुन सकेको छैन ।

नाकामा प्रतिबन्धको छनक पनि पाइँदैन । दैनिक उपभोग्य वस्तु खरिद गर्न सीमावर्ती बजार जानेको घुइँचो उस्तै छ। कोहलपुर नगरपालिका ८ की सविता बोहोरा, उनकी दिदी भूमिका बोहोरा र भतिजी कविता बुढा रुपैडियाको एक पसलमा कुर्तासुरुवाल मोलमोलाइ गरिरहेका थिए । ८ सयमा दिनुस् न दाइ ।

यो कोहपुरमै एक हजार रुपैयाँमा पाइन्छ, उनीहरुले भाउ घटाउन खोजे । पसल सञ्चालक रजा इमाम रिजिवी भन्दै थिए। ‘१२ सयको सामानलाई हजारमा दिएको छु । एक रुपैयाँ पनि घट्दैन।’ रिजिवीले मास्क लगाएका थिएनन् ।

किशोरीहरुले लगाएको मास्क चिउँडोमुनि थियो । ‘कारोनाको डरले यो त लास्टै चोटि हो भन्छौं पहिलेको वाचा बिर्सन्छ फेरि आइहाल्छौँ, सविता भन्दै थिइन्, भारतमा कोरोना बढ्दो दरमा छ। त्यो पनि थाहा छ । सामान सस्तो पाइन्छ भनेर आउन मन लागिहाल्छ ।’

अन्नपूर्ण