
काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली झलनाथ खनाल माधवकुमार नेपाल पक्षलाई फुटाउन लागिपरेका छन् । ओलीले नेपाल पक्षका नेतासँग विभिन्न माध्यमबाट अलगअलग कुराकानी गरेर नेपाललाई एक्ल्याउने प्रयास गरेका छन् ।
नेपाल पक्षमा लागेका कतिपय नेतालाई ओली आफैँले मनाउने प्रयास गरेका छन् । आन्तरिक संघर्षका लागि समानान्तर कमिटी बनाइरहेको नेपाल पक्षलाई फुटाएर ओली आफू बलियो हुने दाउमा लागेका छन् । उनले आफू पक्षधर नेतालाई पनि परिचालन गरी नेपाल पक्षका नेतासँग कुराकानी गरिरहेका छन् ।
प्रधानमन्त्रीज्यूले विभिन्न माध्यमबाट हामीसँग कुराकानी अघि बढाउनु भएको छ । यद्यपि उहाँह्रुको कुरा खास अर्थपूर्ण छैन, नेपाल पक्षका एक नेताले भने । ओलीले नेपाल पक्षका नेतासँग अलअलग कुराकानी गरिरहेका बेला शनिबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारी खनाललाई भेट्न पुगेकी थिइन् । खनालको स्वास्थ्यअवस्था बुझ्ने बहानामा निवासमै पुगेकी भण्डारीले एमालेलाई विभाजन हुन नदिन खनालको भूमिका हुनुपर्नेमा जोड दिएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्