१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागमती प्रदेशको बैठक बस्दै, पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको प्रक्रियामाथि छलफल हुने


0
Shares

काठमाडौं । बागमती प्रदेशसभाको सातौं अधिवेशनको तेस्रो बैठक आज बस्दै छ । बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको प्रक्रियामाथि छलफल प्रारम्भ हुने बागमती प्रदेश सचिवालयले जनाएको छ ।

प्रदेशसभाको सातौं अधिवेशनको गत माघ ७ गते सुरु भएको थियो । त्यसपछि माघ ९ गते केही सयम बसेको बैठकमा मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्तावमाथि सामान्य छलफल भएको थियो ।

त्यस यता माघ १९ गते र फागुन ५ गते बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित गरीएको थियो । त्यस यता प्रदेशसभामा सत्तारूढ नेकपाका ८०, नेपाली कांग्रेसका २२, साझा विवेकशील दलका तीन, राप्रपाका दुई, नेपाल मजदूर पार्टीको दुई र स्वतन्त्र पार्टीका एक गरी एक सय १० सांसद रहेका छन् ।