१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


माआवादी केन्द्रद्वारा बागमती प्रदेशसभा बैठक अवरुद्ध


0
Shares

काठमाडौं । प्रदेशसभामा दर्ता गरिएको अविश्वासको प्रस्तावलाई लिएर माओवादी केन्द्रले बागमती प्रदेशको प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । हिजो पनि संसद अवरुद्ध गरेको माओवादीले आज पनि बैठक चल्न नदिएको हो ।

आजको बैठकमा मुख्यमन्त्रीविरुद्ध ल्याएको अविश्वासको प्रस्ताव फिर्ता लिने सम्बन्धी प्रस्ताव सहमति बिनै बैठकमा पेश गरिएको थियो । तर, उक्त प्रस्ताव पेश गरेलगत्तै माओवादी संसदीय दलका नेता शालिकराम जम्मकट्टेले सो प्रस्तावमाथि बैठकमा छलफल नगराइयोस् भनि माग गरे पनि सुनुवाई नभए पछि माओवादीले सोही क्रममा बैठक अवरुद्ध गराएको हो ।

माओवादीको अवरोधकै कारण आजको प्रदेशसभा बैठक स्थगित गरिएको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । प्रदेशसभाको अर्को बैठक भोलि दिनको ११ बजेको लागि तय भएको छ ।