
बागलुङ । १९ वर्षीया युवतीलाई बलात्कार गर्ने युवकलाई जिल्ला अदालत बागलुङले ७ वर्ष कैद सजाय फैसला गरेको छ ।
जिल्ला न्यायधीश वासुदेव न्यौपानेको चैत २५ गतेको इजलाशले ताराखोला गाउँपालिका–२ का २१ वर्षीय रेशम वनलाई बलात्कार कसुर ठहर गर्दै ७ वर्ष कैद सजाय फैसला गरेको हो ।
कैद सँगै वनले पीडित युवतीलाई ८० हजार रुपैयाँ क्षतीपूर्ती समेत दिनुपर्ने फैसला भएको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सुर्यप्रसाद भण्डारीले जानकारी दिनुभयो । कैद सँगै वनले पीडित युवतीलाई ८० हजार रुपैयाँ क्षतीपूर्ती समेत दिनुपर्ने फैसला भएको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सुर्यप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
गत असार १७ गते एक युवतीलाई बलात्कार गरेको आरोपमा वनलाई प्रहरीले असार १८ गते पक्राउ गरेको थियो । प्रहरीले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिलको कार्यालय मार्फत साउन ११ गते जिल्ला अदालत बागलुङमा जबरजस्ती करणीमा मुद्दा दर्ता गरेको थियो ।
वन जिल्ला अदालत बागलुङको साउन १२ गतेको आदेशले हालसम्म जिल्ला कारागार बागलुङमा पुर्पक्षको लागि थुनामा रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्