
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ओली पक्षीय नेता कर्णबहादुर थापाले वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका केही नेता अब पार्टीन नरहने बताउनुभएको छ ।
ईमेज टेलिभिजनको कार्यक्रम अलगधारमा कुराकानी गर्दै थापाले नेपाल लगायतका नेताले पार्टीको विधानविपरितका काम गरेकाले पार्टीमा नरहने बताउनुभएको हो । यद्यपि उहाँले पार्टी भने नफुट्ने दावी गर्नुभयो ।
थापाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले नै निर्वाचन गराउने बताउनुभयो । अहिलेको सरकार २ वर्षसम्म टिक्ने दावी गर्दै उहाँले अहिलेको सरकारले नै निर्वाचन गराउने जिकिर गर्नुभयो । हेर्नुहोस् थापासँग गरिएको कुराकानी–
प्रतिक्रिया दिनुहोस्