१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नयाँ कानुको मारमा हङकङका नागरिक, २७ हजारले दिए बेलायत जाने आवेदन


0
Shares

एजेन्सी । हङकङका हजारौं नागरिकले बेलायत जनाका लागि भिसा आवेदन दिएका छन् ।

हङकङमा राष्ट्रिय सुरक्षासम्बन्धी नयाँ कानुन लागू गरेसँगै शिक्षा, आवास र रोजगारीका लागि बेलायत जान भिसा आवेदन दिने हङकङका नागरिकको संख्या दिनहुँ बढ्दै गएको बीबीसीले जनाएको छ ।

बेलायतले पाँच वर्षका लागि आवास भिसा दिने भएसँगै २७ हजार भन्दा बढी हङकङका नागरिकले आवदेन दिइसकेको समाचारमा उल्लेख छ ।

चीनले हङकङको वृहत्तर सुधारका लागि भन्दै नयाँ सुरक्षा कानुन पारित गरेसँगै बेलायतले तीन नागरिकलाई रोजगारी, आवास र शिक्षाको अधिकारसहित पाँच वर्षका लागि भिसा उपलब्ध गराउने जनाएको थियो ।