१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बाराका होटलमा अनुगमन, चार स्तरको खाद्य स्वच्छता लोगो वितरण


0
Shares

प्रकाश लम्साल
बारा । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जिल्लाको राजमार्ग, शहर र पर्यटकीय क्षेत्रमा सञ्चालित होटल तथा रेस्टुरेन्टमा खाद्य स्वच्छता मापन गर्दै लोगा वितरण गरेको छ ।

कार्यालयले स्वच्छताको मापदण्डका आधारमा स्थलगत अध्यन गर्दै तीन श्रेणीका लागो वितरण गरेको हो । राजमार्गको शहर पथलैया, सिमरा, अमलेखगञ्जका सामान्यदेखि तीनतारे होटलसम्मको चार स्तर मुल्याङ्कन गर्दै लोगो टाँसेको हो ।

स्तरीकरण नगरिएका होटलमा मापदण्ड पालना गराउन एक महिनाको समय दिएको र स्तरीकरण होटलमा लोगो प्रमाणित गरिएको डिभिजनका अनुसन्धान अधिकृत बिक्की राउतले बताउनुभयो ।

पछिल्लो समय बाराको पथलैया अमलेखगंज र सिमरामा होटलहरू वृद्धि हुँदै गए पनि स्वच्छताको विषयमा प्रश्न उठेपछि खाद्यप्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले लोगो अभियान सञ्चालन गरेको हो ।

कार्यालयले पहिलो पटक होटलमा स्थलगत अनुगमन र स्तर प्रमाणीत गरे पछि होटल व्यवसायी संघले खुसी व्यक्त गरेको छ ।

२१ होटलमा गरिएको अनुगमनमा इच्छा होटलले मात्र अति उत्तम लोगो प्राप्त गरेको छ भने उतम श्रेणीमा क्लासिक होटल, एलिफेन्ज भिलेज रिसोर्ट रहेका छन् ।

त्यस्तै लम्साल होटल, सिमरा, झापाली, सगुन र गौतम राजले सन्तोषजनक र अन्यले सामान्य लोगो पाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जनाएको छ