२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


न्यूजिल्याण्डकी प्रधानमन्त्रीद्वारा भारतीयलाई न्यूजिल्याण्ड प्रवेशमा रोक


0
Shares

एजेन्सी । न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डर्नले भारतीयलाई न्यूजिल्याण्ड प्रवेशमा रोक लगाउनुभएको छ । भारतमा कोभिड–१९ संक्रमितको संख्या बढेसँगै न्यूजिल्याण्डले यस्तो निर्णय गरेको हो ।

न्यूजिल्याण्डमा २३ जना नयाँ कोरोना संक्रमित भेटिएकामध्ये १७ जना भारतबा गएका थिए । समाचार एजेन्सी रोयटर्सका अनुसार भारतबाट आउने यात्रीहरूको लागि अर्डर्नले अस्थायी प्रतिबन्ध लगाउनुभएको हो ।

यो नियम ११ अप्रिल साँझ ४ बजे देखि २८ अप्रिलसम्म लागू हुनेछ ।