१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोनाविरुद्धको खोपको माग गर्दै ब्राजिलका यौनकर्मी धर्नामा, फ्रन्टलाइनर्स भएको दावी


13
Shares

एजेन्सी । दक्षिण अमेरिकी देश ब्राजिलका यौनकर्मी धर्नामा बसेका छन् ।

कोरोनाविरुद्धको खोपको प्राथमिकतामा आफूहरूलाई राखेर खोप दिनुपर्ने माग गर्दै ब्राजिलको दक्षिणपूर्वी बेलो होरिजोन्ट शहरका यौनकर्मी धर्नामा बसेका हुन् ।

आफूहरू पनि फ्रन्टलाइनर्स भएको दावी गर्दै उनीहरूले खोपको माग गरेका हुन् । हरेक दिन फरक–फरक मानिससँग सम्बन्ध बनाउने भएकाले आफूहरू पनि फ्रन्टलाइनर्स भएकाले चाँडै नै खोप लगाउन पाउनुपर्ने उनीहरूको माग छ ।

उनीहरूले आफूलाई पनि स्वास्थ्यकर्मी, अध्यापक, वृद्धवृद्धा र बिरामीजतिनै जोखिममा रहेको बताएका छन् ।