१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


पत्रकार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा नारायण शर्मा, युनियन गठबन्धनको वर्चश्व


0
Shares

पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशमा नारायणप्रसाद शर्मा निर्वाचित हुनुभएको छ । निर्वाचनमा युनियन गठबन्धनले पदाधिकारी सहित सदस्यमा वर्चश्व कायम गरेको छ ।

बिहीबार राति सम्पन्न भएको अन्तिम मतगणनामा शर्माले अध्यक्षका प्रत्यासी प्रेस चौतारीका दीपेन्द्र श्रेष्ठलाई १ सय २४ मत अन्तरले पराजित गर्नुभएको हो ।

शर्माले प्रदेशका कुल ११ जिल्लामा गरी कुल ५ सय ३८ मत प्राप्त गर्दा अत्यक्षका प्रत्यासी श्रेष्ठले ४ सय १४ मत प्राप्त गरेको निर्वाचन समिति संयोजक कोमलनाथ बरालले जानकारी दिनुभयो । महासंघ प्रदेशमा निर्वाचित शर्मा यसअघि उपाध्यक्ष हुनुहुन्थ्यो भने पराजित श्रेष्ठ पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष हुनुहुन्छ ।

यस्तै उपाध्यक्षमा दीपक भट्टराई, महिला उपाध्यक्षमा सोनी शर्मा, महासचिवमा गोविन्दप्रसाद सुवेदी, खुला सचिवमा यदुनाथ बञ्जारा, समावेशी सचिवमा सुशीलबाबु श्रेष्ठ, कोषाध्यक्षमा राजेन्द्र न्यौपाने विजयी भए ।

यस्तै खुला सात सदस्यमा प्रदीप पौडेल, सुनिल पाण्डे, ताराप्रसाद शर्मा, परशुराम शर्मा आचार्य, प्रकाश डोटेल, लोकेन्द्रबहादुर सुनार, र रमेश बस्ताकोटी निर्वाचित भए । महिला सदस्यमा रञ्जिता शर्मा, राधिका शर्मा कँडेल र रोशन गुरुङ विजयी भए ।

दलित सदस्यमा सानेबहादुर नेपाली (कोइराला), आदिवासी जनजाति सदस्यमा रुद्रबहादुर थापा र रामजी राना, अल्पसंख्यक सदस्यमा पदम छन्त्याल निर्वाचित भए ।

प्रदेशमा २१ सदस्यीय कार्यसमितिको लागि एकैपटक निर्वाचन भएको हो ।