६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


सप्तरीमा दुई मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु, तीन जना घाइते


0
Shares

काठमाडौं । सप्तरीको शम्भूनाथ नगरपालिका ६ मा बिहीबार बेलुकी दुई मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ । तीन जना भने घाइते भएका छन् ।

विपरित दिशाबाट जाँदै गरेका स ८ प ७३३० र स ६ प ५२४३ नम्बरको मोटरसाइकल बेलुकी पौने आठ बजे ठोकिएका थिए । दुर्घटनामा गम्भीर घाइते ५२४३ नम्बरको मोटरसाइकलका चालक सप्तरीको खडक नगरपालिका ९ सर्पाका ३५ वर्षीय मोहम्मद अनवर अलिको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

घाइते भएका अनवरकी ३२ वर्षीया श्रीमती निशा, ५ वर्षीय छोरा समिर र ७३३० नम्बरको मोटरसाइकलमा पछाडी सवार अग्निसाइर कृष्णसवरण गाउँपालिका २ का ४७ वर्षीय टेक बहादुर तामाङलाई उपचारको लागि रुपनी स्थित युनिक अस्पताल पठाइएको छ ।

दुवै मोटरसाइकल सहित ७३३० नम्बरको मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।