
web pic
काठमाडौं । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको सिस्नेरी बस्तीमा आगलागीबाट नौ घर जलेर नष्ट भएका छन् ।
बराहताल–९ मा रहेको सिस्नेरी बस्तीमा हिजो अपराह्न आगलागी भएको हो । आठ घर पूर्णरूपमा जलेर नष्ट भएको र एउटा आशिंक रूपमा जलेको वडाध्यक्ष युवराज कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार हरियाली सामुदायिक वनमा लागेको आगो बस्तीमा सल्किएको हो ।
सिस्नेरी गाउँमा झण्डै १८ घरधुरी छन् । आगलागीबाट पीडितहरूलाई तत्कालका लागि खाद्यान्न वितरण गरिएको वडाध्यक्ष कार्कीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्