१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रिय जनमोर्चाको अध्यक्षमा पुनः चित्रबहादुर केसी


0
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनबाट पुनः अध्यक्षमा निर्वाचित हुनुभएको छ । बुटवलमा सम्पन्न सम्मेलनले केसीको अध्यक्षतामा ४७ केन्द्रीय सदस्य निर्वाचित गरेको छ ।

अध्यक्ष केसीसहित ३७ सदस्य पूर्णकालीन र १० जना वैकल्पिक सदस्यसहित कुल ४७ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएको राष्ट्रिय जनमोर्चाले जनाएको छ । राष्ट्रिय जनमोर्चाको कार्यवाहक अध्यक्षमा रश्मीराज नेपाली, महासचिवमा मनोज भट्ट निर्वाचित भएका छन् भने प्रथम उपाध्यक्षमा जनक भट्ट र द्वितीय उपाध्यक्षमा प्रतिनिधिसभा सदस्य दुर्गा पौडेल निर्वाचित हुनुभएको छ ।

सम्मेलनबाट राजनीतिक सांगठनिक र आर्थिक प्रतिवेदनसमेत पारित भएको छ । राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनबाट चित्रबहादुर केसी पुनः अध्यक्षमा निर्वाचित हुनुभएको छ । बुटवलमा सम्पन्न सम्मेलनले केसीको अध्यक्षतामा ४७ केन्द्रीय सदस्य निर्वाचित गरेको छ ।

अध्यक्ष केसीसहित ३७ सदस्य पूर्णकालीन र १० जना वैकल्पिक सदस्यसहित कुल ४७ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएको राष्ट्रिय जनमोर्चाले जनाएको छ । राष्ट्रिय जनमोर्चाको कार्यवाहक अध्यक्षमा रश्मीराज नेपाली, महासचिवमा मनोज भट्ट निर्वाचित भएका छन् ।

यस्तै प्रथम उपाध्यक्षमा जनक भट्ट र द्वितीय उपाध्यक्षमा प्रतिनिधिसभा सदस्य दुर्गा पौडेल निर्वाचित हुनुभएको छ । सम्मेलनबाट राजनीतिक सांगठनिक र आर्थिक प्रतिवेदनसमेत पारित भएको छ ।