
धनकुटा । चैत बित्न लाग्दा समेत प्रयाप्त वर्षा नभएपछि धनकुटाका मकै खेती गर्ने किसान चिन्तामा परेका छन् ।
चैतको सुरुमा रोप्नुपर्ने भए पनि पानी नपरेपछि किसानले मकै रोप्न पाएका छैनन् । जिल्लाको दक्षिणी भेगमा त एकसरो नै जोत्न नपाएको किसान बताउँछन् । हिउँदका समेत वर्षा नभएकाले अन्य बाली नलगाएका किसान मुख्यबाली मकै लगाउने समयमा वर्षा नहुँदा चिन्तित छन् ।
प्रर्याप्त सिँचाईको सुविधा नभएको धनकुटाको लेगुवा, भिरगाउँ, तेलिया, तांखुवा, मौनाबुधुक, बसन्तटार लगायतका स्थानमा व्यावसायिक मकैखेती हुने गरेको छ । यहाँका किसानले देउती, मनकामना ३ र ४, गणेश १, रामपुर कम्पोजिट, तथा अरुण १ र २ जातको मकै खेती गर्दै आएका छन् ।
१३ हजार हेक्टरमा उत्पादन हुने मकै खेतीले जिल्लाको कुल खाद्यान्यमा ३५ प्रतिशत योगदान दिएको छ ।
प्रतिक्रिया दिनुहोस्