१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


ओखलढुंगाका दुई स्थानीय तहले स्वास्थ्य स्वयंसेविकालाई नियमित भत्ता दिने


0
Shares

पूर्णप्रसाद न्यौपाने (इमेज)

ओखलढुंगा, साउन ९ । ओखलढुंगाका दुईओटा स्थानीय तहले स्वास्थ्य स्वयंसेविकालाई नियमित भत्ता दिने भएका छन् ।

सिद्धिचरण नगरपालिका र सुनकोसी गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई नियमित भत्ता दिने नीति गाउँसभाबाट पारित गरेका हुन् ।

यससँगै सुनकोसीका स्वयंसेविकाले वार्षिक १५ हजार र सिद्धिचरणका स्वयंसेविकाले वार्षिक ६ हजार रुपैयाँ भत्ता पाउनेछन् ।

जिल्लाका अरु स्थानीय तहमा भने स्वयंसेविकालाई दिइने भत्ताका विषयमा कुनै निर्णय भएको छैन ।