
एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) १४ औं संस्करणमा रोयल च्यालेन्जर्स बेंगलोरले रोमाञ्चक विजयी सुरुवात गरेको छ ।
चेन्नइमा भएको उद्घाटन खेलमा बेंगलोरले साविक विजेता मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
१ सय ६० रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो ।
बेंगलोरको जितमा उत्कृष्ट प्रदर्शन गरेका एवि डी भिलियर्स २७ बलमा ४ चौका र २ छक्का सहित ४८ रनमा रन आउट भए ।
बेंगलोरले स्पिनर वासिन्टन सुन्दर र विराट कोहलीका साथ खेलमा ओपनिङ गराएको थियो ।
तेस्रो विकेटका लागि विराट कोहली र ग्लेन म्याक्सवेलले ५२ रनको साझेदारी गर्दै इनिङलाई उकासेका थिए ।
मुम्बईले दोस्रो खेलमा १३ अप्रिलमा कोलकाता नाइट राइडर्ससँग खेल्ने छ । बेंगलोरले आफ्नो दोस्रो खेल १४ अप्रिलमा सनराइजर्स हैदराबादसँग खेल्ने छ ।
आजको खेलमा चेन्नइ सुपरकिंग्स र दिल्ली क्यापिटल्सबीच स्थानीय समयअनुसार राती साढे आठ बजे प्रतिष्पर्धा हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्