
काठमाडौं । काठमाडौं सहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी परेसँगै वायु प्रदूषण केही कम भएको छ ।
गएराति काठमाडौंसहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी परेपछि वायु प्रदूषण सूचकाङ्क १५० भन्दा तल झरेको हो । यो लक्षित समूहका लागि अस्वस्थ अवस्था हो । नेपालको वायु प्रदूषण अति हानिकारक अवस्थाबाट सुधार भएर हिजो अस्वस्थ अवस्थामा झरेको थियो ।
आज फेरि सुधार भएर निश्चित समूहका लागि मात्रै अस्वस्थ अवस्थामा आइपुगेको हो । यो समयमा विशेष गरेर पाको उमेर समूहका, बालबालिका, श्वासप्रश्वाससम्बन्धी समस्या भएका दीर्घरोगीहरूले विशेष सावधानी अपनाउनुपर्ने जनस्वास्थ्यविद्हरू बताउँछन् ।
केही दिनअघि नेपालको वायु प्रदूषण विश्वकै सबैभन्दा धेरै उच्च हानिकारक अवस्था अर्थात ४७० एक्यूआईमा पुगेको थियो यस्तै, हिजो हावाहुरीसहित पानी परेपछि देशका धेरैजसो ठाउँको मौसम खुलेको छ ।
प्रतिक्रिया दिनुहोस्