१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने महामन्त्री कोइरालाको दाबी


0
Shares

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले कांग्रेसको नेतृत्वमा छिट्टै नयाँ सरकार बन्ने दाबी गर्नुभएको छ ।

शनिबार चितवनमा पत्रकारसँग कुरा गर्दै कोइरालाले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गर्नुभएको हो । महामन्त्री कोइरालाले देउवा कांग्रेस संसदीय दलको नेता भएकाले उहाँकै नेतृत्वमा सरकार बन्ने बताउनुभयो ।

जनता समाजवादी पाटीसँग सरकारका विषयमा छलफल भइरहेको र केही दिनमा नै टुङ्गो लाग्ने कोइरालाको भनाइ थियो । उहाँले महाधिवेशनलाई असर नगर्ने गरी कांग्रेसले सरकारको नेतृत्व गर्ने बताउनुभयो ।