
काठमाडौं । ख्यातिप्राप्त गायक योगेश वैद्यलाई ११औं विन्ध्यवासिनी म्युजिक अवार्डमा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ ।
गायक वैद्य स्वास्थ्यका कारण अवार्ड समारोहमा सहभागी हुन नसकेपछि उहाँकै निवासमा पुगेर पुगेर सम्मान अर्पण गरिएको हो । गायक वैद्यलाई कार्यक्रमका आयोजक र विन्ध्यवासिनी फाउन्डेशनका सल्लाहकारहरूले निवासमै पुगेर सम्मान अर्पण गरेका थिए ।
त्यसै गरी लोकप्रिय गायिका कुन्ती मोत्तानलाई नगद ५० हजार रुपैयाँसहित संगीत साधना सम्मानबाट सम्मान गरिएको समारोहमा अर्की गायिका माण्डवी त्रिपाठाीलाई २५ हजार रुपैयाँसहित संगीत रत्न सम्मानबाट सम्मानित गरिएको थियो । त्यस्तै पत्रकार अनन्त वाग्लेलाई नगद २५ हजार रुपियाँसहित विन्ध्यवासिनी संगीत कला पत्रकारिता सम्मानबाट सम्मानित गरियो ।
अवार्डमा अजर जंगम र पूर्णिमा तामाङले सर्वोत्कृष्ट सुगम संगीत गायक गायिकाको अवार्ड प्राप्थ गर्दा धु्रबप्रसाद अम्गाईले गीत सर्वोत्कृष्ट भएको घोषित भएको थियो । कार्यक्रममा बीबी अनुरागीले संगीतकारको अवार्ड उचाले भने मोहनकुमार खत्री सर्वोत्कृष्ट गीतकार र उदयराज पौडेल एरेन्जरको अवार्ड विजेता भए ।
पप संगीततर्पm धन किरण गुरुङ सर्वोत्कृष्ट पप गायक र सिर्जना कार्की सर्वोत्कृष्ट गायिकाको अवार्ड जित्न सफल भए । त्यसै गरी गायक गायिका दम्पती रामचन्द्र काफ्ले र जुनु काफ्लेले युगल गायनमा बाजी मारे भने शिरिष देवकोटा र सरीता कार्की लोकदोहोरी गायक गायिका, प्रकाश सपुत, लोकदोहोरी भाका, नवराज पन्त लोकदोहोरी रचना, करण न्यौपाने लोकदोहोरी गीतको विजेता भए ।
त्यसैगरी दुर्गेश थापा र प्राची लामाको दम्पती पप तथा आधुनिक गीतको म्युजिक भिडियो मोडल, काजिश श्रेष्ठ लोकदोहोरी म्युजिक भिडियो निर्देशक, देवेन्द्र पाण्डे सुगम संगीत म्युजिक भिडियो निर्देशक, आशिरप्रताप जंग केसी र सारिका घिमिरे लोकदोहोरी म्युजिक भिडियो मोडलको अवार्ड चुम्न सफल भए ।
कार्यक्रममा समिक्षा अधिकारीले लोक तथा दोहोरी गीततर्फको नव प्रतिभा पुरस्कार आफ्नो बनाउँदा नायक पल शाह र नायिका अनु शाहले पपूलर अवार्ड चुमे । नरेश खाती पब्लीक च्वाईस अवार्ड तथा गायक रमेशराज भट्टराई र गीतकार बि. पाण्डे जूरी अवार्ड विजेता भए ।
प्रतिक्रिया दिनुहोस्