
काठमाडौं । देशव्यापी अन्तरवडा खुला टेबलटेनिस प्रतियोगितामा पुरुष सिंगल्सतर्फका विजेता अमरलाल मल्ललाई सम्मान गरिएको छ ।
स्पिन इभेण्ट प्रा.लि.को आयोजनामा चैत २ देखि ७ गतेसम्म लैनचौरमा भएको प्रतियोगितामा पुरुष एकलमा स्वर्ण पदक विजेता मल्ललाई काठमाडौं महानगरपालिका वडा नं.२५ र भेडासिं परिवारले नगदसहित सम्मान गरेको हो ।
विजेता अमर वडा नं.२५ कै स्थानीय बासिन्दा हुन् । २ सय ५६ खेलाडी सहभागगी पुरुष सिंगल्स स्पर्धामा अमरले फाइनलमा विराटनगरका बोधित डिसीलाई ४–२ ले पराजित गर्दै स्वर्ण जितेका थिए ।
आफ्नो करियरमा इन्चोन र जकार्ता एसियाडमा सहभागिता जनाइसकेका अमरले चीन र जर्मनीमा भएको विश्व च्याम्पियनसिपमा समेत प्रतिष्पर्धा गरिसकेका छन् । अमर १२ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष टिम इभेण्टका कास्य पदक विजेता पनि हुन् ।
कार्यक्रममा सोही वडाबाट प्रतियोगितामा रजत पदक विजेता शंकर पहरी र कास्य विजेता कृष्तिना थापालाई पनि नगदसहित सम्मान गरिएको छ । कार्यक्रममा अमरका व्यक्तिगत प्रशिक्षक एवं प्रतियोगिताको भेट्रान ५५ वर्षमाथिको समूहमा पहिलो स्थान हासिल गरेका रञ्जन सुब्बालाई पनि नगदसहित सम्मान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्