
काठमाडौं । कर्णाली प्रदेशका तीन मन्त्रीको राजीनामा स्वीकृत भएको छ ।
मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले एमालेका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू प्रकाश ज्वाला, दल रावल र नन्दसीं बुढाको राजीनामा स्वीकृत गर्नुभएको हो ।
मुख्यमन्त्री शाहीले रिक्त रहेको स्थानमा हाल कायम रहेकै मन्त्रीहरूलाई थप जिम्मेवारी दिनुभएको छ ।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्किन फैसला गरेपछि एमालेको कर्णाली प्रदेश संसदीय दलको बैठकले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
एमालेले माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै एमालेका तर्फबाट मन्त्री बनेका तीन मन्त्रीले मंगलबार राजीनामा बुझाएका थिए ।
प्रतिक्रिया दिनुहोस्