
काठमाडौं, साउन ९ । राष्ट्रिय विभूति भीमसेन थापाको २४३औं जन्मजयन्तीको अवसरमा नेपालको इतिहास अनुसन्धानमा विशिष्ट योगदान पुर्याएको भन्दै बेलायती इतिहासकार डा. जोन ह्वेल्प्टनलाई भीमसेन थापा स्मृति पुरस्कार प्रदान गरिएको छ ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, प्रा. डा. पार्थिवेश्वरप्रसाद तिमिल्सना र भीमसेन थापा प्रतिष्ठानका पूर्वअध्यक्ष रमेशजंग थापाले डा. ह्वेल्प्टनलाई संयुक्तरुपमा ५१ हजार १११ रुपैयाँ राशीको पुरस्कार प्रदान गरेका हुन् ।
सो अवसरमा प्रज्ञा प्रतिष्ठानका कुलपति उप्रेतीले यस किसिमका पुरस्कारले आफ्नो राष्ट्रको पृष्ठभूमि, राष्ट्रिय विभूति तथा आफ्नो धरालत खोज्न र बुझ्न उत्प्रेरित गर्ने धारणा राखे ।
प्रतिक्रिया दिनुहोस्