
पोखरा । विदेशी पर्यटकहरुलाई नेपाली खानाप्रति आकर्षित गर्न पोखरामा खाना पकाउने प्रतियोगिता आयोजना गरिएको छ ।
प्रतिस्पर्धामा मल्बेरी इन्स्टिच्युट अफ हस्पिटालिटी प्रथम, राइनो होटल ट्रेनिङ सेन्टर दोश्रो र तेश्रोमा हिमालयन कलेज अफ हस्पिटालिटी भएका छन् ।
बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके–२०२० को उपविजेता सन्तोष साहले प्रतियोगिताको निर्णायक रहनु भएको थियो ।
विभिन्न ६ वटा तालिमप्रदायक संस्थाहरूले पहिलो पटक पोखरामा यस्तो प्रतिस्पर्धामा सहभागिता जनाएका थिए । प्रतिस्पर्धाको आयोजना होटल तालिम प्रदायक संघ र सेफ फेडेरेसनले गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्