६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


देशभर ७ सय ५२ वटा गैँडा


0
Shares

चितवन । देशभर जम्मा ७ सय ५२ वटा गैँडा पुगेकाे छ ।

राष्ट्रिय गैंडा गणना २०७७ अनुसार चारवटा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा हाल ७ सय ५२ वटा गैँडा छ । यसमध्ये १३६ वटा बच्चा छन् भने ९६ अर्ध वयस्क र ५ सय २० वटा वयस्क गैँडा छन् ।

सबैभन्दा धेरै गैँडा चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र र आसपासका वन क्षेत्रमा छन् । त्यहाँ मात्र ६ सय ९४ वटा गैंडा रहेको राष्ट्रिय गणनाका क्रममा पाइएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र र आसपासका वन क्षेत्रमा ३८ वटा गैँडा रहेको पाइएको छ । यस्तै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ र पर्सा राष्ट्रिय निकुञ्जमा ३ वटा गैँडा छन् ।