१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बाबुराम र स्वर्णिमद्वारा रविन्द्र मिश्रको पुस्तक विमोचन


0
Shares

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले समसामयिक राजनीतिमाथि विवेचना गरिएको पुस्तक ‘राजनीतिसँगै राजकाज’ सार्वजनिक गर्नुभएको छ ।

शनिबार काठमाडौंमा एक कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले पुस्तकको विमोचन गर्नुभयो । पुस्तकमा मिश्रले नेपालको राजनीतिको उठान, अभ्यास र वर्तमान अवस्थालाई केलाउनु भएको छ ।

मिश्रले नेपाली राजनीतिको दुरगामी लक्ष्य र अहिले भइरहेको अभ्यास विरोधाभाषपूर्ण रहेको टिप्पणी पुस्तकमार्फत गर्नुभएको छ । राजनीतिक कार्यकर्ता, राजनीतिक दल, सरकार र समाजको मनोविज्ञानले संविधानको प्रस्तावमा उल्लेख भएका लक्ष्य पुरा हुन असम्भव रहेको निष्कर्ष पुस्तकमा समेटिएको छ ।

कार्यक्रममा पुस्तक र समसामयिक राजनीतिबारे डा. भट्टराई र डा. वाग्लेले चर्चा गर्नुभएको थियो ।