१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


काठमाडौमा आज घोडे जात्रा पर्व मनाईदैं


0
Shares

काठमाडौं । काठमाडौ उपत्यकामा आज घोडे जात्रा पर्व मनाईदै छ । हरेक वर्ष चैत कृष्ण औंसीका दिन घोडे जात्रा पर्व मनाउने चलन छ ।

नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ ।

कोरोना संक्रमण बढ्दै गएपछि सेनाले थोरैलाई आमन्त्रित गरेर साङ्केतिकरूपमा मात्र जात्राका कार्यक्रमलाई निरन्तरता दिन लागेको हो ।

उपत्यकाका नेवार समुदायले भने आजका दिनलाई पिशाच चतुर्दशीका रुपमा भोजभतेर गरेर मनाउँने गर्दछन् । ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडे जात्रा मनाउने गरिन्छ ।

प्राचीनकालमा गुरुमापा नामक राक्षसले बालबालिका खाएर दुःख दिएपछि तान्त्रिकको सल्लाहमा स्थानीय बासिन्दाले उक्त राक्षसलाई समातेर टुँडिखेलको बीचमा लगेर गाडेको र त्यस राक्षसको शक्ति क्षीण गर्न शक्तिको प्रतीक घोडालाई दौडाउने गएिको किम्वदन्ती छ ।