
एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको म्यान्चेस्टर सिटीलाई लिड्स युनाईटेडले २–१ ले हराएको छ ।
गएराति आफ्नै मैदानमा फितलो प्रदर्शन गरेको म्यान सिटी विरुद्ध लिड्सका स्टुवार्ट डालासले दुई गोल गरे ।
सिटीका फेरान टोरेसले एक गोल फर्काए । प्रिमियर लिगकै अर्को खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई ४–१ ले हरायो ।
चेल्सीका लागि क्रिश्चियन पुलिसिकले दुई गोल गर्दा काइ हाभर्ट्ज र कर्ट जुमाले एक एक गोल गरे ।
गएराति भएको अर्को खेलमा लिभरपुलले एस्टन भिल्लालाई २–१ ले हरायो । लिभरपुलका मोहोमद सालाह र ट्रेष्ट अलेक्जेण्डर आर्नोल्डले एक एक गोल गर्दा भिल्लाका ओल्ली वाट्कीन्सले एक गोल फर्काए ।
गएरातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा ३२ खेलबाट ७४ अंक जोडेको म्यानचेस्टर सिटी शिर्ष स्थानमा यथावत रहँदा दुई खेल कम खेलेको म्यान्चेस्टर युृनाईटेड ६० अंकसहित दोस्रो स्थानमा रहेको छ ।
५६ अंक जोडेको लेष्टर सिटी तेस्रो स्थानमा छ भने ५४ अंकका साथ चेल्सी चौथो स्थानमा उक्लिएको छ ।
प्रतिक्रिया दिनुहोस्