१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पर्यटकीय स्थल भेडेटारमा खानेपानीको चरम समस्या


0
Shares

धनकुटा । पूर्वको चर्चित पर्यटकीय स्थल भेडेटारमा पछिल्ला केही महिना यता खानेपानीको चरम समस्या देखिएकोे छ ।

पानीको समस्या भएपछि यस क्षेत्रका अधिकांश होटलले ट्याङ्करकै पानी खरिद गरी होटल सञ्चालन गर्दै आएका छन् ।

भेडेटारमा पानीको समस्या समाधानका लागि लिफ्टिङ गरेर पानी ल्याइएको छ । लिफ्टिङ मार्फत चारवटा मुहानवाट २४ घण्टामा १ लाख २० हजार लिटर पानी संकलन हुन्छ ।

तर, माग भने दैनिक ३ लाख ५० हजार लिटरको छ । लिफ्टिङ गर्ने मोटर भोल्टेजका कारण बिग्रिरहने र मर्मत सम्भारमा समस्या हुने गरेको भेडेटार खानेपानी उपभोक्ता तथा सरसफाई उपभोक्ता समितिका सचिव आशीष राईको भनाइ छ ।

भेडेटारमा ठूला र मझौंला गरी झण्डै १ सय २० वटा होटेल रहेका छन् ।